स्याङ्जा । स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ । भैँसी तथा बङ्गुरलाई कुडोपानी दिनेक्रममा आज विहान अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेग्मीको मृत्यु भएको हो ।
वडाध्यक्ष दीपछिरिङ गुरुङका अनुसार, गोठले पुरिँदा धनबहादुरसंगै चौपाया समेत मरेका छन् । वर्षाका कारण पुरानो गोठ भत्किएको हुनसक्ने वडाध्यक्ष गुरुङको भनाई छ ।