पोखरा । पोखरामा भएको स्कुल बस दुर्घट्नामा पाँच जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२८ माइलथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको प्रहरीले जनाउको छ ।
दुर्घटनामा १९ जना घाइते भएकोमा पाँच जनाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए । बस सडकबाट करिब दुई सय मिटर तल खसेको बताईएको छ । मृत्यु हुने विद्यार्थीमा कक्षा ९ र १० मा अध्ययनरत रहेको प्रहरीका ेभनाई छ ।
पोखरा २८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस दुर्घटना भएको हो । कालिकास्थित ओख्लेको भीरबाट बस खोचमा खसेको जनाइएको छ । बसमा २० भन्दा बढी विद्यार्थी रहेको बताइएको छ । घाइतेहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा र गण्डकी मेडिकल कलेजमा भइरहेको छ।