सात सय २९ लाई पछिपार्दै तामाङ र श्रेष्ठ बने प्रतिभाको आँगनका विजेता

सात सय २९ लाई पछिपार्दै तामाङ र श्रेष्ठ बने प्रतिभाको आँगनका विजेता

बिहिवार, मंसिर १० २०८३
बिहिवार, मंसिर १० २०८३
  • सात सय २९ लाई पछिपार्दै तामाङ र श्रेष्ठ बने प्रतिभाको आँगनका विजेता

    भक्तपुर । युमिषा तामाङ र रितिका श्रेष्ठ प्रतिभाको आँगन सिजन-५ का विजेता बनेका छन् । तामाङ र श्रेष्ठ भक्तपुर प्याब्सनसँगको समन्वयमा आयोजित प्रतिभाको आँगन द डान्स रियालिटी शाे सिजन-५ काे विजेता बनेका हुन् ।

    मध्यपुर थिमिको बोडेस्थित कृषि तालिम केन्द्रमा सम्पन्न सिजन ५ को फाइनलमा मिनर्भा इंग्लिस बोर्डिङ स्कुलका तामाङ सिनियरतर्फ प्रथम हुन सफल भएकी हुन् । त्यसैगरी गोल्डेन सुनगाभाकी रितिका श्रेष्ठ जुनियर तर्फ विजेता बन्न सफल भएकी हुन् ।

    प्रतियोगितामा सिनियरतर्फ सिभिएम सेकेण्डरी स्कुलका प्रिन्स बस्नेत दोस्रो र मिनर्भाका दर्शन गोले तेस्रो भए । यस्तै ग्लाड स्टोनकी आकृती खड्का र विङ्स एकेडेमीकी प्रतिभा श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरे ।

    यस्तै जुनियरतर्फ मातृभूमी स्कुलकी सुरभी सुमन शाक्य दोस्रो, मातृभूमीकै रेजिसा श्रेष्ठ तेस्रो स्थान हात पारे । यसैगरी इम्यानुअल इंग्लीश बोर्डिङ स्कुलकी दिपशिखा श्रेष्ठ र विङ्स एकेडेमीकी ताया भुजेलले सान्त्वना पुरस्कार प्राप्त गरे ।

    विजेताले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५—५ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताकाे फाइनलमा सिनियरतर्फ एभ्रेष्ट इंग्लीश स्कुलकी सिम्रन महत, नविन स्कुलकी स्प्रिया अधिकारी, क्याण्डिड करियरकी मनिषा तामाङ, अमिनिटी स्कुलकी अदिती भण्डारी र माउण्ट भ्यालीकी प्रस्तुती मानन्धरले स्थान बनाएका थिए ।

    त्यस्तै जुनियरतर्फ मोर्डन स्कुल दधिकोटकी श्रीया थापा, मनोरम बोर्डिङ स्कुलकी सेलेना कासुला, क्याण्डिड करियरकी सुजु राना मगर, ग्लाडस्टोनकी अश्लेषा बस्नेत, गोल्डेन गेटका नित्यम रिजाल, माउण्ट भ्यालीकी इभा मारिखु र क्याडिडकी समिक्षा श्रेष्ठले आफ्नो प्रस्तुती दिएका थिए ।

    प्रतियोगितामा भक्तपुर जिल्ला प्याब्सन अन्तर्गतका ५९ विद्यालयका ७ सय २९ जनाले सहभागिता जनाएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij