सेवाघरमा दसैँको रौनक : मुख्यमन्त्री थापाद्वारा बालबालिकालाई टीका र आशीर्वाद

सेवाघरमा दसैँको रौनक : मुख्यमन्त्री थापाद्वारा बालबालिकालाई टीका र आशीर्वाद

आइतवार, कार्तिक ८ २०८३
आइतवार, कार्तिक ८ २०८३
  • सेवाघरमा दसैँको रौनक : मुख्यमन्त्री थापाद्वारा बालबालिकालाई टीका र आशीर्वाद

    काभ्रे । दसैँ आफन्तसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने तथा खुसी साटासाट गर्ने पर्व हो । यही खुसी र आत्मीयता बाँड्न बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा यस वर्ष पनि पनौतीस्थित मानव कल्याण समाज (सेवाघर) को बालसेवा घर पुगे छन् ।

    मुख्यमन्त्री थापाले हरेक वर्षझैँ यस वर्ष पनि सेवाघरमा आश्रित बालबालिकालाई बडादसैँको टीका, जमरा र आशीर्वाद प्रदान गरेका हुन् । आफ्ना परिवारसँग दसैँ मनाउन नपाएका बालबालिकाका लागि सेवाघरमै आयोजित सामूहिक टीका कार्यक्रमले चाडपर्वको खुसी र आत्मीयता बाँड्ने अवसर प्रदान गरेको छ ।

    कार्यक्रममा मुख्यमन्त्री थापासहित जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, वडा अध्यक्ष विनोद खत्री तथा नेपाल पत्रकार महासङ्घ काभ्रेका पूर्वअध्यक्ष मोतीराम तिमल्सिनालगायतको उपस्थिति थियो । उपस्थित अतिथिहरूले बालबालिकालाई टीका तथा आशीर्वाद दिँदै दसैँको शुभकामना व्यक्त गरेका थिए ।

    मुख्यमन्त्री थापाले सेवाघरको स्थलगत अवलोकन तथा निरीक्षणसमेत गरेका छन् । निरीक्षणका क्रममा उनले संस्थाको अवस्था, सञ्चालन प्रक्रिया तथा आश्रित बालबालिकाको हेरचाह र सेवा व्यवस्थापनबारे जानकारी लिएका थिए ।

    3.jpg

    सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै मुख्यमन्त्री थापाले मानव कल्याण समाज हजारौँ अशक्त, असहाय र बेसहाराको सहारा बनेको बताएका छन् ।

    उनले लेखेका छन्, “आजका बालबालिका भोलिका राष्ट्रका कर्णधार हुन् । सबै बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्नु हामी सबैको दायित्व हो ।”

    सेवाघरको निरीक्षण गर्न पाएको अवसरप्रति आभार व्यक्त गर्दै उनले परिस्थितिले प्रभावित बालबालिकाका लागि संस्थाले प्रदान गर्दै आएको आश्रय, संरक्षण र सेवाको महत्त्वसमेत उल्लेख गरेका छन् ।

    4.jpg

    जहाँ दसैँले बाँड्छ अपनत्व

    दसैँमा नयाँ लुगा लगाउने, मीठोमसिनो खाने र आफन्तको हातबाट टीका थाप्ने रहर सबैमा हुन्छ । तर सबै बालबालिकाले पारिवारिक वातावरणमा चाडपर्व मनाउने अवसर पाउँदैनन् । यस्तै बालबालिकालाई संरक्षण, माया र हेरचाह प्रदान गर्दै आएको मानव कल्याण समाजको सेवाघरमा आयोजित सामूहिक टीका कार्यक्रमले दसैँको खुसी सबैसँग बाँड्नुपर्ने सन्देश दिएको छ ।

    सेवाघर केवल आश्रय लिने ठाउँ मात्र होइन, असहाय र सहाराविहीन मानिसले माया, सम्मान र सुरक्षित जीवनको अनुभूति गर्न सक्ने साझा घरका रूपमा पनि परिचित छ । सडकमा आश्रित, बेवारिसे तथा शारीरिक र मानसिक रूपमा कमजोर अवस्थामा रहेका नागरिकको उद्धार र हेरचाहमा सक्रिय यस संस्थाले मानवीय सेवामार्फत समाजमा सकारात्मक सन्देश फैलाउँदै आएको छ ।

    manav kalyan dashain.jpg

    उद्धारदेखि पुनर्मिलनसम्मको अभियान

    मानव कल्याण समाजले ‘हुनेबाट सहयोग, नहुनेलाई उपयोग’ भन्ने भावनासहित सडक मानवमुक्त अभियान सञ्चालन गर्दै आएको छ । संस्थाले सडकमा अलपत्र परेका नागरिकलाई उद्धार गर्ने, आवश्यक उपचार तथा हेरचाह प्रदान गर्ने र सम्भव भएसम्म परिवारसँग पुनर्मिलन गराउने काम गर्दै आएको छ ।

    उद्धार गरिएका व्यक्तिको अवस्था हेरेर औषधोपचार, पोषणयुक्त खाना तथा आवश्यक परामर्शको व्यवस्था गरिन्छ । निको भएपछि आफ्नो परिवार र ठेगाना पहिचान गर्न सक्ने व्यक्तिलाई परिवारसँग पुनर्मिलन गराउने प्रयास गरिन्छ । परिवार भेट्टाउन नसक्ने वा अन्यत्र आश्रयको व्यवस्था नभएका व्यक्तिका लागि सेवाघरले संरक्षण प्रदान गर्दै आएको छ । हालसम्म करिव सात सयजनालाई परिवारमा पुनरमिलन गरिसकेको संस्थाकी संस्थापिका सुमीत्रा चाैंलागाइँले बताइन् ।

    संस्थाले पहिचानविहीन तथा बेवारिसे बालबालिकाको कानुनी पहिचान र अधिकारका विषयमा पनि पैरवी गर्दै आएको छ । यस अभियानको मूल उद्देश्य असहाय व्यक्तिलाई आश्रय दिनुमा मात्र सीमित नभई उनीहरूलाई सम्मानजनक जीवनयापनका लागि आवश्यक वातावरण तयार गर्नु हो ।

    1.jpg

    5.jpg

    सहयोगबाट चलिरहेको मानवीय सेवा

    मानव कल्याण समाजले विभिन्न स्थानमा सेवा घर सञ्चालन गर्दै असहाय नागरिकको संरक्षण र हेरचाहमा काम गरिरहेको छ । भक्तपुरको झौखेल, काभ्रेको धुलिखेल र पनौती तथा दाङको घोराहीमा संस्थाका विभिन्न सेवा केन्द्र सञ्चालनमा रहेका छन् । समाजले भक्तपुर, काठमाडौ, बारा, दाङ र काभ्रेका दुई स्थानमा गरि तीनसयबढीलाई आश्रय दिँदै आएको चाैंलागाइँले जानकारी दिइन् । 

    संस्थाको सेवा सञ्चालनमा स्थानीय दाताहरूको सहयोग महत्त्वपूर्ण रहँदै आएको छ । मुठ्ठीदानमार्फत सङ्कलित खाद्यान्नदेखि जन्मदिन, विवाह तथा आफन्तको स्मृति दिवसका अवसरमा गरिने भोजन र कपडा सहयोगसम्मले आश्रितहरूको दैनिक आवश्यकता पूरा गर्न योगदान पुर्‍याउँदै आएका छन् ।

    mukhyamantri kiran thapa.jpg

    7.jpg

    mukhyamantri thapa.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij