मर्स्याङ्दी को जलसतह घट्यो, चामे खतरामुक्त

मर्स्याङ्दी को जलसतह घट्यो, चामे खतरामुक्त

सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • मर्स्याङ्दी को जलसतह घट्यो, चामे खतरामुक्त
    मनाङ । मर्स्याङ्दी नदीको जलसतह घट्न थालेसंगै मनाङ सदरमुकाम चामे वजार खतरामुक्त अवस्थामा पुगेको छ । मर्स्याङ्दी  नदीमा बढेको पानीको सतह घट्दै गएपछि को छ  तत्काल बाढीको जोखिम नरहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । 
     
    प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले हाल नदीको पानीको सतह घट्दै गइरहेकाले तत्काल चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताए । उनका अनुसार यसपटकको पानीको बहाव असार–साउनमा आएको बाढीको तुलनामा दोब्बरजस्तै भए पनि अहिले जोखिम क्रमशः कम हुँदै गएको छ । 
     
    आइतवार विहान मनाङको चामेस्थित घट्टेखोलामा आएको लेदो सहितको बाढीले मर्स्याङ्दी नदी थुनिएर कतिपय घर डुवानमा परेका थिए । नदी थुनिएपछि मर्स्याङ्दी नदी आसपासका तटीय क्षेत्रमा पनि सतर्कता अपनाइएको थियो । आइतबार निरन्तर वर्षाका कारण बाढीले जिल्लाका विभिन्न स्थानमा भौतिक संरचनामासमेत क्षति पुर्याएको थियो । 
     
      सोमवार बिहानदेखिनै मौसममा सुधार आएर घाम लागेपछि बाढीको  बहाव घटेको छ । बाढी घटेसंगै प्रमुख जिल्ला अधिकारी खनालले आफू प्राविधिकसहित आज पुल तथा बाढीबाट क्षति पुगेका अन्य स्थानको निरीक्षणमा जाने लागेको जानकारी दिए। 
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij