घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित

घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित

शनिवार, मंसिर १२ २०८३
शनिवार, मंसिर १२ २०८३
  • घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित

    काठमाडौं । बाँकेमा सेवाग्राहीसँग घुस लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि दुई जना ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन्।

    निलम्बनमा पर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके मातहतको अस्थायी ट्राफिक प्रहरी पोष्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीषराम थारु र अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जमा कार्यरत प्रहरी जवान तोपबहादुर खड्का रहेका छन्।

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले दुवै जनालाई निलम्बन गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    ड्युटीमा खटिएका बेला उनीहरूले सेवाग्राहीसँग रकम लिएको भिडियो गत बिहीवार सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे छानबिन प्रक्रिया अघि बढाएको हो।

    कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार उनीहरूलाई हिजो शुक्रवारदेखि लागू हुने गरी निलम्बन गरिएको हो।

    प्रहरीले दुवै प्रहरी जवानमाथि थप छानबिन तथा अनुसन्धान भइरहेको जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij