भदौमा मात्रै टेलिकमले थप्यो १३ स्थानमा मोबाइल टावर

भदौमा मात्रै टेलिकमले थप्यो १३ स्थानमा मोबाइल टावर

मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • भदौमा मात्रै टेलिकमले थप्यो १३ स्थानमा मोबाइल टावर

    काठमाडौँ, ६ असोजः नेपाल टेलिकमले भदौ महिनामा देशका ११ जिल्लाका १३ स्थानमा नयाँ टूजी र फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ।

    सेवा विस्तार र गुणस्तर सुधार गर्ने उद्देश्यले नयाँ मोबाइल साइट सञ्चालन गरिएको टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए। नयाँ साइट सञ्चालनसँगै ती क्षेत्रमा मोबाइल तथा डेटा सेवाको पहुँच विस्तार हुनुका साथै सेवा गुणस्तरमा सुधार आउने टेलिकमले जनाएको छ।

    टेलिकमका अनुसार बागमती प्रदेशमा ललितपुर महानगरपालिका–३ कार्यालय र च्याउन्डाँडामा नयाँ साइट सञ्चालन गरिएको छ। चितवनको मोहनपुर, गण्डकी प्रदेशको नवलपुर पोखरीडाँडा र लमजुङको मध्यनेपालमा पनि नयाँ साइट थपिएका छन्।

    त्यस्तै, लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुको धर्मपानी तथा पाल्पाको रामपुर र होङ्सीमा नयाँ साइट सञ्चालन गरिएको छ। कर्णाली प्रदेशमा जुम्लाको कनकासुन्दरी र सुर्खेत–जुम्लारोड तथा सुदूरपश्चिम प्रदेशमा बाजुराको बडिमालिका, डडेल्धुराको गाङ्खेत र दार्चुलाको रिठाचौपाटामा नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन्।

    टेलिकमले दूरसञ्चार सेवाको पहुँच नपुगेका तथा सेवा विस्तार आवश्यक रहेका क्षेत्रमा क्रमशः नयाँ साइट थप्दै जाने योजना बनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij