काठमाडौँ उपत्यकासहित अधिकाँश स्थानमा चिसो बढ्दै

काठमाडौँ उपत्यकासहित अधिकाँश स्थानमा चिसो बढ्दै

सोमवार, मंसिर ७ २०८३
सोमवार, मंसिर ७ २०८३
  • काठमाडौँ उपत्यकासहित अधिकाँश स्थानमा चिसो बढ्दै

    काठमाडौं । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज बिहान ५ः४५  बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियसमा झरेको छ।

    हिजो आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.३ डिग्री सेल्सियस थियो। यस हिसाबले अघिल्लो दिनको तुलनामा आज बिहान काठमाडौँ उपत्यकामा चिसो बढेको छ। मौसमविद्का अनुसार राति आकाश बादलले ढाक्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने रातभर आकाश खुला रहँदा घट्छ।   

    मौसम पूर्वानुमान महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ। न्यूनतम बिहान ८.४५ बजे र अधिकतम तापक्रम साँझ ५.४५ बजे मापन गरिन्छ। काठमाडोंसंगै मुलुकका अधिकांश भागमा न्युनतम तापक्रम घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij