मनसुननज्य विपद्मा परेर पछिल्लो २४ घण्टामा एकको मृत्यु, २० जना घाइते

मनसुननज्य विपद्मा परेर पछिल्लो २४ घण्टामा एकको मृत्यु, २० जना घाइते

आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • मनसुननज्य विपद्मा परेर पछिल्लो २४ घण्टामा एकको मृत्यु, २० जना घाइते

    काठमाडौँ । मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार बिहान १०ः००देखि शनिबार बिहान १०ः०० बजेसम्म देशका २५ जिल्लामा ३४ वटा विपद्का घटना भएका छन् ।

    ती घटनामध्ये एकमा सर्पले डस्दा एक जनाको मृत्यु भएका हुन् । त्यसैगरी बिभिन्न घट्नामा परेर २० जना घाइते भएका छन् । सो अवधिमा सर्पदंशका १४, आगलागीका ११, पहिरोका छ र जनावर आक्रमणका तीन घटना भएका छन् । ती घटनाबाट २७ लाख २५ हजार बराबरको अनुमानित क्षति भएको छ । साथै, दुई स्थानमा सडक अवरुद्ध भएको र १८ चौपायाको क्षति भएको छ ।

    यसैबीच, प्राधिकरणले गत वैशाख १ देखि आज बिहानसम्म देशभर चार हजार ५३ वटा विपद्का घटना भएका, ती घटनामा १९६ जनाको मृत्यु, चार जना बेपत्ता र एक हजार २९१ जना घाइते भएका जनाएको छ । विपद्बाट पाँच हजार १८८ परिवार प्रभावित भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij