मेचीदेखि महाकालीसम्मका १५ सय मोबाइल व्यवसायी आज भक्तपुरमा

मेचीदेखि महाकालीसम्मका १५ सय मोबाइल व्यवसायी आज भक्तपुरमा

शुक्रवार, जेठ १ २०८३
शुक्रवार, जेठ १ २०८३
  • मेचीदेखि महाकालीसम्मका १५ सय मोबाइल व्यवसायी आज भक्तपुरमा

    भक्तपुर । मेचीदेखि महाकाली र तराई मधेशदेखि हिमाली क्षेत्रका १५ सयबढी अगुवा मोबाइल ब्यवसायी आज भक्तपुरमा भेला भएका छन् । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाचौँ साधारणसभाका लागि उनीहरु आज भक्तपुरको कौशलटारस्थित ह्वाइट व्याङ्क्वेटमा भेला भएका हुन् । 

    आज र भोली भक्तपुर र काठमाडौंमा आयोजना हुने महासंघको महाधिवेशनले  आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गर्नेछ । महासंघका महासचिव सन्तोष घिमिरेका अनुसार, महासंघका ७ प्रदेश र ७० जिल्लामा शाखा विस्तार भइसकेको छ । महासंघमा आबद्ध व्यवसायीको संख्या २७ हजार ४०० बढी रहेको भिमिरेले बताए। 

    महासंघको उद्घाटन शत्र राष्ट्रिय सभा गृहमा शनिवार हुने भएपनि महाधिवेशनमार्फत आगामी नयाँ नेतृत्व चयन लगायतका महत्वपूर्ण विषयमा गहन छलफल गर्नु पर्ने भएकाले आज बिहान ९ बजेबाट भक्तपुरको ह्वाइट पार्टी प्यालेश कौशलटारमा बन्दसत्रको कार्यक्रम राखिएको महासंघका अध्यक्ष भरत भट्टराईले बताए । 
     
    महाधिवेशनबाट कुल ५५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ। जसमा अध्यक्ष, निवर्तमान अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १ , खुला उपाध्यक्ष ७, महासचिव १, कोषाध्यक्ष १, सचीव ४ मध्ये ३ खुला र १ महिला र सहकोषाध्यक्ष १ निर्वाचित हुने व्यस्था रहेको अध्यक्ष भट्टराईको भनाई छ । 

    यसैगरी केन्द्रीय सदस्य प्रत्येक प्रदेशबाट २ को दरले कुल १४ जना, संस्थापक संस्था १४ वटाको तर्फबाट १÷१ गरि कुल १४ जना, बागमती प्रदेशबाट थप ५ जना, अध्यक्ष द्वारा मनोनीत ५ जना समावेशीताका आधारमा कार्यसमितिमा रहने व्यस्था महासंघको विधानमा छ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij