पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना, २६ जना घाइते

पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना, २६ जना घाइते

शुक्रवार, चैत्र २७ २०८२
शुक्रवार, चैत्र २७ २०८२
  • पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना, २६ जना घाइते
    कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुमा भएको बस दुर्घट्नामा २६ यात्रु घाइते भएका छन् ।गएराति राजमार्ग अन्तर्गतको बनकसवासामा बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका हुन् ।
     
    प्रहरीका अनुसार, नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख ४३७३ नम्बरको बस राति अनियन्त्रित भई पल्टिएको थियो । घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा तथा तीन जनाको आधारभूत अस्पतालमा उपचार भइरहेको छ । 
     
    वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार अन्य ६ जनाको बुटवलमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij