कपिलवस्तुका पूर्वमेयर सिंह शुक्रबार दिउँसोदेखि बेपत्ता

कपिलवस्तुका पूर्वमेयर सिंह शुक्रबार दिउँसोदेखि बेपत्ता

आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • कपिलवस्तुका पूर्वमेयर सिंह शुक्रबार दिउँसोदेखि बेपत्ता

    काठमाडौं । कपिलवस्तुका पूर्वमेयर किरण सिंह शुक्रबार दिउँसोदेखि बेपत्ता भएका छन् । सिंहको मोबाइल सोही दिन बेलुका ६ बजेपछि स्विच अफ भएको खुलेको छ। जिल्ला प्रहरी प्रमुख एसपी मनोहरप्रसाद भट्टका अनुसार बेपत्ता सिंहको मोबाइलमा बेलुका ६ बजेसम्म सम्पर्क भए पनि त्यसपछि सम्पर्क हुन सकेको छैन। 

    पूर्वमेयर सिंह शुक्रवार दिउँसो आफ्ना एक व्यावसायिक साझेदारलाई आफै फोन गरेर जंगलमा बाटो बिराएकाले सहयोग गर्न आग्रह गरेका थिए । परिवारका अनुसार प्रेसर र दमका बिरामी ६८ वर्षिय सिंह धेरै हिँड्न नसक्ने अवस्थामा रहेका थिए । घनघोर जंगलमा शनिवार मध्यरातसम्म खोजी गर्दा पनि फेला पार्न नसकिएको एसपी भट्टले बताए । 

    आज पनि बिहानैदेखि ठूलो संख्यामा  प्रहरी र स्थानीयवासी सहित कुकुरको प्रयोग गरी खोजी कार्य अघि बढाइएको भट्टको भनाई छ । सोही जंगल क्षेत्रमा रिसोर्ट, बाख्रा फार्म, कुखुरा फार्म तथा माछापालन सहितको कृषि योजनामा बेपत्ता सिंह सहितका व्यक्तिहरूले साझेदारीमा काम गर्ने तयारी गरिरहेका थिए।

    प्रहरीका अनुसार, तिलौराकोट साझेदारी समूहका सदस्य बलराम तिवारीले शुक्रबार साँझ पूर्वमेयर सिंहलाई फोन गरेको र उनीहरुबीच करिव ११ सेकेन्ड मात्र कुरा भएको देखिएको छ । त्यस क्रममा सिंहले मलाई बचाइहाल–बचाइहाल मात्रै भनेपछि फोन काट्एिको थियो । फेरि अर्का एक साथीमार्फत फोन गपनि उहाँले त्यही दोहोर्याएपछि आफु आत्तिएँएको प्रहरीसमक्ष बताएका छन् । 

    नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भई पाँच वर्ष कपिलवस्तुको मेयरका रूपमा काम गरेका सिंहको लु.प्र.०१०१३ प ७९७० नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो जंगलमा फेला परेको थियो। प्रहरीका अनुसार उनी शुक्रबार बिहान कपिलवस्तु नगरपालिका–३ स्थित घरबाट फार्ममा जान भनेर निस्किएका थिए।

    प्रहरीले उनको मोटरसाइकल फेला परेको क्षेत्रमा घरबाट लगिएका पुराना कपडा सुँघाएर कुकुरको सहयोगमा खोजी थाले पनि हालसम्म उनी फेला परेका छैनन्। उनको मोटरसाइकल पूर्व–पश्चिम राजमार्गदेखि करिव ८ किलोमिटर भित्र गोरूसिंगे जंगलमा रोकिराखेको अवस्थामा फेला परेको थियो। कपिलवस्तुमा श्रीमतीसँगै बस्दै आएका सिंहका एक छोरा जापान र अर्का छोरा भारतमा रहेका छन्। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij