रोल्पा । रोल्पामा पहिरोमा परेर थप दश जना वेपत्ता भएका छन् । जिल्लाको थबाङ गाउँपालिका–५ बोटलबारामा गएरातीको पहिरोमा परेर १० जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बेपत्ताको खोजी जारी रहेको छ ।
थबाङ –५ बोटलबारामा गएरातिको पहिराले घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । पहिरामा परेका छ घरमा रहेका १० जना वेपत्ता भएका प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थलमा गए राति देखिनै प्रहरी टोली परिचालन गरिएको थियो ।
आज बिहानैदेखि प्रहरीको संयुक्त टोली र स्थानीयवासीले बेपत्ताहरुको खोजी जारी रहेको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए। उनका अनुसार, जिल्लास्थित सुरक्षा निकाय प्रमुखहरुको टोली घटनास्थलमा पुगेर बेपत्ताहरुको खोजी कार्यलाई तिब्रता दिइएको छ ।