लुम्बिनीमा मुख्यमन्त्री आचार्यको सत्ता सुरक्षित, ४५ मतसहित पाए विश्वासको मत

लुम्बिनीमा मुख्यमन्त्री आचार्यको सत्ता सुरक्षित, ४५ मतसहित पाए विश्वासको मत

सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • लुम्बिनीमा मुख्यमन्त्री आचार्यको सत्ता सुरक्षित, ४५ मतसहित पाए विश्वासको मत

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा भएको मतदानमा आचार्यको पक्षमा ४५ मत परेको छ भने विपक्षमा २६ मत परेको छ।

    मतदान प्रक्रिया सम्पन्न भएपछि प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले बहुमत प्राप्त गरेको औपचारिक घोषणा गरेका हुन्।

    मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालका सांसदहरूले विश्वासको मत दिएका थिए। त्यस्तै, नेपाली कांग्रेस र जनमत पार्टीका सांसदहरूले विपक्षमा मतदान गरेका छन्।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने मतदान प्रक्रियामा तटस्थ बसेको थियो।

    प्रदेशसभामा विश्वासको मत प्राप्त गरेसँगै मुख्यमन्त्री आचार्य नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई निरन्तरता दिने बाटो खुलेको छ। आचार्यले अब प्रदेश सरकारलाई स्थायित्व दिँदै आगामी नीति तथा कार्यक्रम र विकास निर्माणका कामलाई अघि बढाउने अवसर पाएका छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij