लुम्बिनी प्रदेशको रिक्त प्रदेशसभा सदस्यमा गुरुङ

लुम्बिनी प्रदेशको रिक्त प्रदेशसभा सदस्यमा गुरुङ

मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • लुम्बिनी प्रदेशको रिक्त प्रदेशसभा सदस्यमा गुरुङ

    तुलसीपुर ।  लुम्बिनी प्रदेशसभामा रिक्त रहेको प्रदेशसभा सदस्य पदमा रेवती गुरुङलाई चयन गरिएको छ । नेकपा (एमाले)बाट प्रतिनिधित्व गर्ने रुकुम पूर्वकी सरिता पुनको निधन भएपछि रिक्त रहेको पदमा रुपन्देही देवदह नगरपालिका–५ निवासी गुरुङलाई चयन गरिएको हो । समानुपातिक निर्वाचनतर्फबाट प्रदेशसभा सदस्य चयन हुनुभएकी गुरुङलाई सभामुख तुलाराम घर्तीमगरले पद तथा गोपनीयताको शपथ गराएका हुन्।  

    प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम २०७९ मङ्सिर ४ गते समानुपातिक निर्वाचन प्रणालीअनुसार सम्पन्न भएको निर्वाचन एवं निर्वाचन आयोगको यही मङ्सिर ११ गतेको निर्णयअनुसार उनी प्रदेशसभा सदस्य पदमा निर्वाचित भएकी हुन् । उनको  शपथग्रहणसँगै प्रदेशसभाले पूर्णता पाएको छ । यो सँगै लुम्बिनी प्रदेश सभामा ८७ जजना सदस्य रहेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij