भक्तपुर–१ को क्षेत्रीय सभापतिमा शिवहरि केसी निर्वाचित, अन्य पदमा को–को विजयी ?

भक्तपुर–१ को क्षेत्रीय सभापतिमा शिवहरि केसी निर्वाचित, अन्य पदमा को–को विजयी ?

बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • भक्तपुर–१ को क्षेत्रीय सभापतिमा शिवहरि केसी निर्वाचित, अन्य पदमा को–को विजयी ?

    भक्तपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट भक्तपुर प्रतिनिधिसभा क्षेत्र नं। १ को क्षेत्रीय सभापतिमा शिवहरि केसी निर्वाचित भएका छन् ।

    निर्वाचनमा केसीले ३०२ मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी जनक खत्रीले २४४ मत प्राप्त गरेका छन् । खत्री चाँगुनारायण नगरपालिका–८ का वडाध्यक्ष साथै नगर प्रवक्तासमेत हुन् ।

    सभापति पदमा निर्वाचित केसी कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय छन् । उनी चाँगुनारायण नगरपालिका–२ का पूर्व वडाध्यक्षसमेत हुन् । उनले यसअघि दुई कार्यकाल कांग्रेसको नगर सभापतिको जिम्मेवारी सम्हालिसकेका छन् ।

    पार्टी संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका केसी कांग्रेसभित्र मात्र नभई अन्य राजनीतिक दलका नेता–कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग समेत समन्वयकारी भूमिकाका लागि परिचित छन् ।

    अन्य पदमा को–को विजयी ?

    निर्वाचन परिणामअनुसार क्षेत्रीय सचिवमा सुदर्शन दाहाल निर्वाचित भएका छन् । उनले २७७ मत प्राप्त गर्दा प्रतिस्पर्धी रवि गिरीले २६२ मत पाएका छन् । त्यस्तै, सहसचिवमा राजी गिरी २९७ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रोशन तुकबञ्जारले २४४ मत प्राप्त गरेका छन् ।

    महिला सहसचिवमा सरस्वती सुवेदी निर्वाचित भएकी छिन् । सुवेदीले २७६ मत प्राप्त गर्दा प्रतिस्पर्धी सङ्गीता बुढाथोकीले २५५ मत प्राप्त गरेकी छिन् । युवा खुलातर्फ शक्ति अवाल २८५ मतसहित निर्वाचित भएका छन् भने उत्तम थापाले २४९ मत प्राप्त गरेका छन् ।

    खुलातर्फ तीन जना निर्वाचित हुने व्यवस्थाअनुसार शबुद्ध श्रेष्ठ, निर्मल कुमार कार्की र राजकुमार बस्नेतले क्रमशः ३०९, २९८ र २७८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

    समानुपातिकतर्फ आदिवासी जनजाति समुहमा मनोज दथेपुथे २८५, रामहरी श्रेष्ठ २७५, सिता नयाजू २७० र रजनी mश्रेष्ठ २६५ मतसहित विजयी भएका छन् । त्यस्तै, खस आर्य समूहका उम्मेदवारहरू पुष्कर पौडेल ३६२ र विदुर पुरी २८० मतसहित निर्वाचित भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij