काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको शपथग्रहण आज हुदैछ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा शपथग्रहण कार्यक्रम हुन लागेको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार, कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई शपथमा बोलाइएको छ । कांग्रेस सभापतिमा निर्वाचित गगनकुमार थापाले दसैँअघि नै पद तथा गोपनीयताको शपथ लिएपनि बाँकी पदाधिकारी र सदस्यको शपथग्रहण भएको थिएन ।