काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी छ । सोमवार बिहान एक हजार ६८९ मतगणना हुँदा रामहरि खतिवडा सबैभन्दा अगाडि छन् । उनले ७६८ मत प्राप्त गरेका छन् ।
त्यस्तै अजय सिवाकोटीले ५४८, डिल्लीराज सुवेदीले ४३९ मत, देवेन्द्रराज कँडेलले ३३४, विकास कोइरालाले २८४, राजिव ढुंगानाले २५३ मत, रमेशप्रसाद धमलाले २०५ अमृतकुमार अर्याल १७६, विमलराज क्षेत्रीले ६१, प्राप्त गरेको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।