काठमाडाैं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा ३ हजार ७५४ मत खसेको छ।
निर्वाचन समितिका अनुसार दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ जनाले मतदान गरेका छन्।
जसमा कोशी प्रदेशमा १ हजार २०७ प्रतिनिधिमध्ये ६१३, मधेस प्रदेशमा १ हजार २३४ मध्ये ५९० र सुदूरपश्चिम, कर्णाली तथा जनसम्पर्क समितितर्फका २ हजार ४५७ मध्ये ७३३ जनाले मतदान गरेका छन्।
त्यस्तै, लुम्बिनी प्रदेशमा १ हजार ७९ प्रतिनिधिमध्ये ५७९, गण्डकी प्रदेशमा ७८७ मध्ये ५०७ र बागमती प्रदेशमा १ हजार ४९१ मध्ये ७३२ जनाले मतदान गरेका छन्।
निर्वाचन समितिले यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकेको मतदानको समय बढाएर साँझ ५ बजेसम्म पुर्याएको छ। मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन रहेकाले समय थप गरिएको हो।