काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दिएका किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन् । राठौरले आज पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
विशेष परिस्थितिमा महाधिवेशन हुन लागेको, पार्टी सङ्कटमा रहेको अवस्थामा वर्तमान सभापति गगनकुमार थापाले सहयोग गर्नुपर्र्यो भनेका कारण पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता लिएको नेता राठौरले बताए । राठौरले मङ्गलबार अन्तिम समयमा सभापति पदमा उम्मेदवारी दर्ता गराएका थिए । थियो ।
नेता राठौरले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने गरी चुनावमा जान नहुने उल्लेख गरे। राठौरले उम्मेदवारी फिर्ता लिएसँगै सभापतिका लागि थापा र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा हुने भएको छ ।