बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा झारिँदै

बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा झारिँदै

बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा झारिँदै

    काठमाडौं । सरकारले बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्ने कानुनी अवधि १२ वर्षबाट घटाएर ४५ दिनमा झार्ने तयारी गरेको छ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसका लागि विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

    सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार हालको कानुनी व्यवस्थाअनुसार कुनै व्यक्ति १२ वर्षसम्म बेपत्ता रहेपछि मात्रै मृतक घोषणा गर्न सकिने व्यवस्था छ। अब उक्त अवधि घटाएर करिब ४५ दिनसम्म बेपत्ता भएका व्यक्तिलाई समेत मृतक घोषणा गर्न सकिने गरी ऐन संशोधन गर्न लागिएको हो।

    विशेषगरी विपद्का क्रममा बेपत्ता भएका व्यक्तिको लामो समयसम्म कानुनी पहिचान कायम रहँदा परिवारले भोग्नुपर्ने प्रशासनिक तथा कानुनी जटिलता कम गर्ने उद्देश्यले व्यवस्था परिवर्तन गर्न लागिएको सरकारले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij