कांग्रेस १५औँ महाधिवेशनः यस्ताे छ निर्वाचन कार्यतालिका

कांग्रेस १५औँ महाधिवेशनः यस्ताे छ निर्वाचन कार्यतालिका

सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  • कांग्रेस १५औँ महाधिवेशनः यस्ताे छ निर्वाचन कार्यतालिका

    काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सोमबार साँझ ५ः०० बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुने जानकारी दिए ।
     
    उनका अनुसार सोमबार साँझ ५ः०० बजे मतदाता नामावली प्रकाशन, ५ः०० देखि ६.३० बजेसम्म मतदाता नामावली प्रकाशनउपर दाबीविरोध, बेलुका ८.३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

    यस्तै, असोज २० गते बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म उम्मेदवारी मनोनयन, अपराह्न ४ः३० बजे अन्तिम नामावली प्रकाशन, अपराह्न ४ः३० देखि साँझ ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध, बेलुका ७ः०० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।
     
    त्यसैगरी, असोज २१ गते बिहान ९ः०० बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने, बिहान १०ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, असोज २१ गते दिनभर प्रचारप्रसार गर्न पाइने र असोज २२ गते बिहान ७ः०० देखि साँझ ५ः०० बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्यसचिव कटुवालले जानकारी दिए ।
     
    मतदानका लागि राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवनमा तोकिएको छ । मतदान सकिएपछि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij