कांग्रेसमा नयाँ नेतृत्व छान्न मतदान एक घण्टा ढिला सुरु

कांग्रेसमा नयाँ नेतृत्व छान्न मतदान एक घण्टा ढिला सुरु

शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • कांग्रेसमा नयाँ नेतृत्व छान्न मतदान एक घण्टा ढिला सुरु

    काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । शुक्रबार बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । मतदान सात वजेदेखि हुने भनिए पनि तयारी पुरा गरेर शुरु गर्न एक घण्टा ढिला भएको थियो।

    कास्की २ का ८१ वर्षीय शोभाचन्द्र बरालले मत हालेर मतदानको कार्य शुभारम्भ गरेका थिए । यसअघि बिहीबार गर्ने भनिएको मतदान मतपत्र छपाई लगायतका काम नसकिदा शुक्रवार विहानका लागि सारिएको थियो । मतदानका क्रममा एक जनाले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ । एक जनालाई मतदान गर्न करिब ३० मिनेट लाग्ने अनुमान गरिएको छ ।

    निर्वाचनमा ७ हजार ३१७ जना प्रतिनिधिले मतदान गर्नेछन् । निर्वाचन समितिका अनुसार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह र खुलामञ्चमा बुथहरू स्थापना गरि मतदान भइरहेको छ । राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका मतदाताहरूले मतदान गरिरहेका छन् । खुलामञ्चमा ६ प्रदेश र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij