काठमाडौं । कोसी, वाग्मती र सुदूरपश्चिमका केही स्थानमा आज भारी वर्षाको संभावना रहेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा कोसी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल लाग्नेछ ।
बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
मधेसलगायत कोसी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको केही स्थानमा तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई क्षेत्रका केहि स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा कोसी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी कोसी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।