श्रमिकहरूलाई चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन

श्रमिकहरूलाई चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन

बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • श्रमिकहरूलाई चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन
    काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा ‘चाडपर्व खर्च’ उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ ।
     
    विभागले आज विज्ञप्ति जारी गर्दै उक्त ध्यानाकर्षण गराइएको हो । ‘श्रम ऐन, २०७४ को दफा ३७’ बमोजिम प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाइ आएको ‘एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम’ प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने कानुनी व्यवस्था रहेको छ ।
     
    विभागका उप–महानिर्देशक विपिन राजभण्डारीद्वारा जारी विज्ञप्तिमा यदि रोजगारदाता वा प्रतिष्ठानले उक्त सुविधा उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने ‘श्रम तथा रोजगार कार्यालय’ वा ‘श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग’ मा उजुरी तथा निवेदन दिन सक्ने पनि उल्लेख गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij