भक्तपुर। काठमाडौंमा यतिखेर नेपाली काँग्रेसको महाधिवेशनले रौनक बढाएको छ । राजधानीमा जारी नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा आज मतदान प्रक्रिया सुरु हदैछ । जारी केन्द्रीय महाअधिवेशनमा नेपाली काँग्रेस भक्तपुरका पूर्वसभापति महेश श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
पाटीको लामो समयको अनुभव र नेपाली काँग्रेसलाई एक ढिक्का बनाएर देशको ठूलो प्रजातान्त्रिक शक्ति बनाएर लैजाने अभियानमा होमिएका श्रेष्ठले आफु निर्वाचित भएर पार्टीलाई एकढिक्का बनाउँने बताएका छन् । भक्तपुरका सिंगो काँग्रेसका महाधिवेशन प्रतिनिधि साथ पाएका श्रेष्ठलाई देशभरका प्रतिनिधिहरुले थप हौस्याई रहेका छन् ।
भक्तपुरको मध्यपुरथिमिमा जन्मिका नेता महेश श्रेष्ठले कानूनमा स्नातक तह उतीर्ण गर्दै २०३१ सालमा नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका थिए । २०३५ देखि २०३६ को जनआन्दोलनमा सक्रिय, २०३६ सालको जनमत संग्रहमा बहुदल प्रचार समिति सदस्य, २०४२ मा सत्याग्रहमा ६ महिना जेल परेका थिए, श्रेष्ठ ।
२०४३ देख २०४६ सम्म नेपाली काँग्रेसको आउट पोष्ट कब्जा नीति अन्तर्गत जिल्ला पञ्चायत भक्तपुरको सदस्य, २०४३ देखि २०४९ सम्म नेपाली काँग्रेस जिल्ला समिति सदस्य, २०५३ देखि २०५६ सम्म निर्वाचित जिल्ला सदस्य एवं संगठन शाखा संयोजक, २०५६ देखि २०५८ सम्म भक्तपुर क्षेत्र नं। २ को क्षत्रीय सभापतिको जिम्मेवारी निभाई सकेका छन्, श्रेष्ठले । २०५७ नेपाली काँग्रस जिल्ला सचिव, २०६२ मा आन्दोलनकै क्रममा ४५ दिन थुनामा, २०६२ मा ११ औ अधिवेशनबाट नेपाली काँग्रेस जिल्ला सभापति, २०७० नपाली काँग्रेस केन्द्रीय संगठन विभाग सदस्यको रुपमा काम गरेको अनुभव श्रेष्ठसंग छ।
बिभिन्न सामाजिक क्षेत्रमा समेत क्रियासिल रहदै आएका श्रेष्ठ समाजसेवीका रुपमा समेत चिनिन्छन् । नेपाली काँग्रेसको जारी १५ औ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार रहेका श्रेष्ठले महाधिवेशन प्रतिनिधिहरुसंग आफ्ना लागि मत माग्दै प्रचारमा होमिदा कांग्रेसलाई एकढिक्का बनाएर समाजमा स्थापित गराउँने बाचा गर्दै छन् ।