जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले आइतबार बिहान प्रदेश प्रमुखको कार्यालयमा यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश संसदीय दलका नेता यादव दोस्रो पटक प्रदेशको मुख्यमन्त्री बनेका हुन् ।
प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । तर, निर्धारित समयभित्र कुनै पनि दलबाट दाबी पेस नभएपछि प्रदेशसभामा सबैभन्दा बढी सदस्य रहेको दलका संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८ को उपधारा ९३० अनुसार शनिबार मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।
संविधानअनुसार मुख्यमन्त्री यादवले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । उनले भने सात दिनभित्रै विश्वासको मत लिने बताएका छन् ।