इन्धनको मूल्य बढ्याे, अब कति पर्छ ?

इन्धनको मूल्य बढ्याे, अब कति पर्छ ?

सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • इन्धनको मूल्य बढ्याे, अब कति पर्छ ?

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएकाे छ । ठुलाे परिणाममा मुल्य बढेर आए पनि आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै आइतबार बसेकाे निगम सञ्चालक समिति वैठकले पेट्रोलमा प्रतिलिटर ३  र डिजेल/मट्टितेलमा प्रतिलिटर ५ ले मुल्य बढाएको हाे । 

    त्यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले बढाइएको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट जुलाई ३१ मा प्राप्त  नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३१.१९ र डिजेलमा प्रतिलिटर ३९.६७ ले बढेर आएकाे छ । 

    आज बिहानदेखि लागू हुने नयाँ मुल्य अनुसार पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १९७.१५ रूपैयाँ दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ पुगेको छ । त्यसैगरी  डिजेल/मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ तोकिएको छ ।  

    यसरी मूल्य समायोजन गर्दा पनि निगमलाई १५ दिनमै  एक अर्ब ४९ करोड घाटा हुने जनाइएको छ। मध्यपुर्वमा अमेरिका र इरानबीच द्वन्द बढेसंगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालमा पनि त्यसको असर पेट्रोलीयम पदार्थको मुल्यमा परेकाे हाे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij