सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला ३३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०३ रुपैयाँले बढेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९८५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।