तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

    दमौली ।  जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या  बढेको पाइएको छ । एक वर्षमा जिल्लामा ६७० नयाँ उद्योग दर्ता भएका छन् । एकीकृत सेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा २४३ उद्योग र ३२७ वाणिज्य फर्म दर्ता भएका छन् । दर्ता भएका फर्ममा व्यापार, उत्पादन तथा सेवामूलक क्षेत्रका छन् । 

    गत आवमा ४८४ उद्योग तथा व्यवसाय खारेज भएका जानकारी दिँदै उक्त कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले आव २०८१÷८२ को तुलनामा गत आवमा ९४ उद्योग थपिएका बताए । कार्यालयमा हालसम्म तीन हजार ४७७ उद्योग तथा व्यवसाय नवीकरण भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij