भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगरपलिका स्तरीय धिमेबाजा प्रतियोगिताको आयोजना गर्ने भएको छ । असोज २४ गते आयोजना हुने प्रतियोगितामा पहिलो हुनेले ७५ हजार रुपैंया प्राप्त गर्नेछन् । त्यसैगरी दोश्रो हुनेले ५० हजार र तेश्रोले २५ हजार रुपैंया पुरस्कार पाउँने छन् ।
विविध धर्मं, संस्कृति, मुर्त अमुर्त कलाको संरक्षणका लागि नगरपालिकाले त्यस्तो प्रतियोगिताको आयोजना गरिएको सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताए । नेवारी समुदायमा अत्यस्तै लोकप्रिय रहेको धिमेवाजाको संरक्षण र संवरधन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको आचार्यको भनाई छ ।
प्रतियोगितामा समुहगत रुपमा सहभागिताका लागि नगरपालिकाले आव्हान समेत गरेको छ । सूर्यविनायक नगरपालिकाले पहिलो पटक यस्तो प्रतियोगिताको आयोजना गर्न लागेको हो ।