काठमाडौं । निरन्तर वर्षाका कारण काठमाडौँ महानगरपालिका वडा नंं ३ बाँसबारीस्थित साढे दुईतले घर भासिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार बिहीबार राति करिब सबा ८ बजे हरि श्रेष्ठको साढे दुई तले घर भासिएर कोल्टे परेको छ ।
वर्षाका कारण घर भासिएको प्रारम्भिक चरणको बुझाइ रहेको छ । उक्त घरमा गेष्ट हाउस सञ्चालन हुँदै आएको छ भने घटनाबाट कुनै मानवीय क्षति भने भएको छैन ।