पेरुमा शक्तिशाली भुकम्प, क्षतिको विवरण आउन बाँकी

पेरुमा शक्तिशाली भुकम्प, क्षतिको विवरण आउन बाँकी

शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • पेरुमा शक्तिशाली भुकम्प, क्षतिको विवरण आउन बाँकी

    काठमाडौं । पेरुमा शक्तिशाली भुकम्प गएको छ । पेरूको दक्षिणी एन्डिज पहाडमा बिहीबार ६।७ म्याग्निच्युडको भूकम्प गएको हो। भुकम्पमा परेर कम्तीमा दुई जना घाइते भएका छन् भने घर, स्वास्थ्य केन्द्र र विद्यालयहरूमा क्षति भएको बताइएको छ। 

    स्थानीय समय बिहीबरा दिउँसो १ बजे भूकम्प गएको र जसको केन्द्रबिन्दु अयाकुचो क्षेत्रको परिनाकोचास प्रान्तको उपाहुआचो सहरबाट ३८ किलोमिटर उत्तर(पश्चिम रहेको जनाइएको छ ।
    राजधानी लिमा, इका, अरेक्विपा, हुआन्काभेलिका, अपुरिम्याक र कुस्कोसहित दक्षिणी पेरुका धेरै क्षेत्रमा भूकम्प महसुस गरिएको थियो । 

    नागरिक रक्षा प्रमुख लुइस भास्केजले पत्रकारहरूलाई बताएअनुसार परिनाकोचास प्रान्तको राजधानी कोराकोरामा भूकम्पका बेला घरबाट निस्कने क्रममा दुई जना घाइते भएका छन्। अधिकारीहरूले पुक्वियो, पुलो, कोराकोरा, उपाहुआचो, सान पेड्रो र पिचारी सहरसहित अयाकुचो र कुस्कोका धेरै जिल्लामा २२ घर, ६ स्वास्थ्य केन्द्र र एउटा विद्यालयमा क्षति भएको बताएका छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij