सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला नौ हजार ३०० र चाँदीको मूल्य २६० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला  तीन लाख १३ हजार ४०० कायम भएको छ ।  असली चाँदीको मूल्य प्रतितोला चार हजार ८५५ निर्धारण भएको छ ।

    हिजो छापावाल सुन प्रतितोला तीन लाख चार हजार १०० र असली चाँदी प्रतितोला चार हजार ५९५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij