अब सरकार आफैं खुद्रा बिक्रेता नबन्ने, नियमित प्रक्रियाबाटै ग्यास बिक्री हुने

अब सरकार आफैं खुद्रा बिक्रेता नबन्ने, नियमित प्रक्रियाबाटै ग्यास बिक्री हुने

सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • अब सरकार आफैं खुद्रा बिक्रेता नबन्ने, नियमित प्रक्रियाबाटै ग्यास बिक्री हुने

    काठमाडौं । हिजो र अस्ति काठमाडौंका निश्चित ठाउँ तोकेर ग्यास बिक्री वितरण गरेको सरकारले अब आफैं खुद्रा बिक्रेता नबन्ने भएको छ ।

    नेपाल आयल निगमले आजदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका बिक्रेताहरूबाट ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाअनुसार हुने जनाएको छ । निगमले सूचना निकालेर उपभोक्ताहरूलाई आफूलाई पायक पर्ने बिक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न अपिल गरेको छ ।

    साथै बिक्री–वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन उद्योग, बिक्रेता तथा वितरकलाई दैनिक विवरण उपलब्ध गराउन निगमले निर्देशन दिएको छ ।

    निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने बिक्रेता/वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिन्डर संख्यासहितको विवरण हरेक दिन बिहान ९ बजेभित्र उपलब्ध गराउन उद्योगीलाई निर्देशन दिएको छ ।

    अत्यावश्यक भएका घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखी ग्यास बिक्री गर्न तथा ग्यास ढुवानी र वितरण कार्यमा सुरक्षाको दृष्टिबाट सहजीकरणका लागि सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको छ ।

    यसअघि सरकार आफैं खुद्रा बिक्रेता बनेर विभिन्न ठाउँबाट ग्यास बाँड्न थालेपछि ग्यासको वितरण प्रणाली झनै भद्रगोल बनेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij