बागमतीका मुख्यमन्त्री थापामगरले आइतबार विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्री थापामगरले आइतबार विश्वासको मत लिने

शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • बागमतीका मुख्यमन्त्री थापामगरले आइतबार विश्वासको मत लिने

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले  भदौ ७ गते विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिव रामकुमार पौडेलले एक सूचना जारी गरी प्रदेशसभाको आठौँ अधिवेशनको १८ औँ बैठक भदौ ७ गते आइतबार दिउँसो १ बजे बस्ने जनाएका छन् । 

    प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सभामुखले बैठक बस्ने मिति र समय निर्धारण गरिएको हो । उक्त बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेका छन् ।

    बिहिवारमात्र मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री थापामगरले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । बागमतीमा नयाँ सत्ता समीकरणअन्तर्गत एमाले, नेकपा र राप्रपाको समर्थनमा बिहीबार थापा मुख्यमन्त्री नियुक्त भएका थिए । 

    नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भएपनि मुख्यमन्त्री थापामगरले चारदिन भित्रै विश्वासको मत लिन लागेका हुन् । राप्रपामा देखिएको समस्याका कारण मुख्यमन्त्री थापामगरले छिटै विश्वासको मत लिन लागेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij