दैनिक पाँच घण्टा गाडी रोकेर घोप्टेभिरमा भितो काट्न थालियो

दैनिक पाँच घण्टा गाडी रोकेर घोप्टेभिरमा भितो काट्न थालियो

आइतवार, मंसिर ६ २०८३
आइतवार, मंसिर ६ २०८३
  • दैनिक पाँच घण्टा गाडी रोकेर घोप्टेभिरमा भितो काट्न थालियो
    चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु गरिएको छ । शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थालिएको हो । 
     
    नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार शनिबार नागढुङ्गा तर्फबाट बाटो बनाएर घोप्टेभिरको माथिल्लो भागमा एक्साभेटर पुर्‍याइएको थियो । उक्त एक्साभेटरले आजदेखि डाँडाको जोखिमपूर्ण र झर्न सक्ने ढिस्को काट्न सुरु गरेको हो । 
     
    निर्माण कम्पनी शर्मा जेडआईसिजि जेभिका इन्जिनियर ईश्वर नेपालका अनुसार करिब १०० मिटर अग्लो ठाउँमा एक्साभेटर पुर्‍याएर डाँडो काट्न थालिएको हो । बिहान ११स्०० बजेदेखि दिउँसो ४स्०० बजेसम्म सडकमा सवारी रोकेर काम गरिएको नेपालले जानकारी दिए । डाँडोबाट तहगत रूपमा कटान गर्दै एक्साभेटर तल झारिने उनको भनाई छ । 
     
    सवारी रोकिएकाले यो समयको उपयोग गर्दै घोप्टेभिरको मुग्लिनतर्फ भित्तो काटेर सडक विस्तार गर्न थालिएको हो । यहाँ १५० मिटर लामो भागमा सडक करिब तीन मिटर चौडा गर्ने योजना रहेको छ । डाँडामा अवस्था हेरेर सोमबार सम्ममा अर्को एक्साभेटर थप्ने योजना रहेको नेपालको भनाई छ । 
     
    सडक रोकिएका यहि समयमा अर्को समस्याग्रस्त स्थान चुम्लिङ्टार र कुरिन्टारको बीचको डाहाकी खोलामा सडक चौडा गर्न थालिएको छ । सो ठाउँमा १०० मिटर लम्बाइ क्षेत्रमा सडकलाई दुई मिटर चौडा गरिने जनाइएको छ । दुवै ठाउँमा दुई वटा एक्साभेटर र एउटा लोडर प्रयोग गरी भित्तो काट्ने काम भइरहेको नेपालले जानकारी दिए ।
     
    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पाँचदिन भित्रमा काम सक्ने गरी सवारी रोकेर निर्माण कम्पनीलाई ताकेता गरिएको बताए । सरकारी तवरबाट आवश्यक सहजीकरण गरेर घोप्टेभिरको जोखिमपूर्ण भागलाई झार्न लागिएको उनको भनाइ छ । सवारी रोकेको समयमा सडक विस्तार गर्नुपर्ने अन्य ठाउँमा पनि काम गर्न भनिएको अर्यालले बताए। 
     
    एक महिनायता सुक्खा पहिरो खसेर घोप्टेभिरमा सवारी सञ्चालनमा समस्या हुँदै आएको छ । पटकपटक पहिरो खसेर सवारी रोकिने मात्र होइन, पहिरोसँगै खसेको ढुङ्गाले लागेर एक जनाको मृत्युसमेत भएको छ । घोप्टेभिर मुग्लिनबाट करिब तीन किलोमिटर काठमाडौँतर्फ पर्दछ । राजधानी भित्रने र बाहिरने यो सडक हुँदै दैनिक पाँच हजार सवारीसाधन आवतजावत गर्दछन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij