निकुञ्जभित्र च्याउ टिप्न गएका सबै महिला सम्पर्कमा

निकुञ्जभित्र च्याउ टिप्न गएका सबै महिला सम्पर्कमा

सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  • निकुञ्जभित्र च्याउ टिप्न गएका सबै महिला सम्पर्कमा
    महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिला अन्ततःसम्पर्कमा आएका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएको निकुन्जेले जनाएको छ । 
     
    आइतबारदेखि सम्पर्क बाहिर रहेका उनीहरु आज सम्पर्कमा आएको बताइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका  रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका  महिलाहरु  परिवारको सम्पर्कमा आइसकेको जानकारी दिए ।
     
    “सबै संयन्त्र परिचालन गरेर निकुञ्जभित्र खोजीकार्य व्यापाक पारिएको थियो”, उनले भने, “केहीबेर अघि परिवारको सम्पर्कमा आएको र सबै सुरक्षित रहेको खबर प्राप्त भयो ।” त्यसैगरी, आइतबार साझँदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई भने गणका सहसेनानी सुमन जिसी नेतृत्वको टिमले उद्धार गरेको थियो । 
     
    उनीहरुलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मामा सुम्पिएको छ । निकुञ्जमा अवैध च्याउ टिप्न गएका तीन वटा महिला समूह सम्र्पकविहीन हुँदा सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासन खोजीकार्यमा जुटेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij