सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

    कैलाली ।  हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरै स्थानमा वर्षा भइरहेको छ । अत्तरियास्थित जल तथा मौसम विज्ञान कार्यालय अनुसार आजदेखि दुईरतीन दिनसम्म प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र एकरई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

    कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले यहाँका पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जानकारी दिए । 

    यस्तै, तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रमा भने साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    कार्यालय प्रमुख साहले यस अवधिमा लगातार पानी पर्नेभन्दा पनि छिनछिनमा पानी पर्ने र घाम लाग्ने हुनसक्ने अनुमान रहेको बताउनुभयो । “यस अवधिमा प्रदेशका सबै तराई, पहाड र हिमाली क्षेत्रमा मौसम बदली भइरहने अनुमान छ, तर एक वा दुई स्थानबाहेक धेरै भारी वर्षाको सम्भावना कमै छ”, उनले भने, “तथापि नदी तटीय क्षेत्र, डुबान हुने होचा स्थानमा बस्ने नागरिकहरुले विशेष सतर्कता अपनाउन आवश्यक छ ।”

    आज राति यहाँका हिमाली क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

    यसैबीच सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनीले कैलाली र कञ्चनपुरका बाढी प्रभावित क्षेत्र तथा नदी तटीय क्षेत्रमा सतर्कताका लागि आग्रह गरेको छ । यस्तै, पहाडका एक वा दुई स्थानमा धेरै भारी वर्षा हुने जानकारी प्राप्त भएकाले सोहीअनुसार सतर्क रहन मातहतका युनिटलाई निर्देशन दिइएको बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक ९डिआइजी० दिगविजय सुवेदीले जानकारी दिए । 

    पहाडी र तराई क्षेत्रका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी सूचना प्रवाह गर्नुका साथै आफ्नो मातहतका युनिटलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा राखिएको उनले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij