अन्तिम १३ मिनेटमा तीन गोल गरेपछि साविक विजेता अर्जेन्टिना विश्व कपको क्वाटरफाइनलमा

अन्तिम १३ मिनेटमा तीन गोल गरेपछि साविक विजेता अर्जेन्टिना विश्व कपको क्वाटरफाइनलमा

बुधवार, आषाढ २४ २०८३
बुधवार, आषाढ २४ २०८३
  • अन्तिम १३ मिनेटमा तीन गोल गरेपछि साविक विजेता अर्जेन्टिना विश्व कपको क्वाटरफाइनलमा

    काठमाडौं । दुई गोलले पछि परेको अवस्था उल्टाउदै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना विश्व कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इजिप्टविरुद्धको खेलमा उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिना अन्तिम आठमा प्रवेश गरेको हो । 

    अर्जेन्टिनाले इजिप्टलाई ३(२ ले पराजित गर्‍यो । खेलको पहिलो हाफको १५ औँ मिनेटमा इजिप्टले अग्रता लिएको थियो । यासिर इब्राहिमले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए । पहिलो हाफको १९ औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको मौका पाएपनि लियोनल मेस्सी चुक्दा बराबरी गर्न सकेन । 

    दोस्रो हाफको ६६ औँ मिनेटमा इजिप्टका मोस्ताफा जिकोले गोल गर्दै नतिजा २(० को स्थितिमा ल्याए । खेलको ७७ औँ मिनेटसम्म अर्जेन्टिना २(० ले पछि परेको थियो । ७८ औँ मिनेटमा अर्जेन्टिनाका क्रिष्टिन रोमेरोले अर्जेन्टिनाका लागि पहिलो गोल गरे । 

    ८३ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । दोस्रो हाफको इन्जुरी समयको ९२ औँ मिनेटमा इन्जो फर्नान्डिजले गोल गर्दै खेल अर्जेन्टिनाको पक्षमा ल्याए । क्वाटरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्याण्ड र कोलम्बियाबीचको खेलबाट तय हुने विजेतासँग खेल्नेछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij