आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।

    जसको प्रभावले हाल कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ। मधेस र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ। 

    आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशका पहाडी र हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केहि स्थान तथा मधेस प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश साथै लुम्बिनी प्रदेशको तराई भूभागका केहि स्थानमा हावाहुरीको सम्भावना छ । 

    राति देशभर अधिकांश बादल लाग्नेछ।  देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका साथै सुदूरपश्चिम  प्रदेशका तराई भूभागका धेरै स्थान र कर्णाली र सुदूरपश्चिम  प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । 

    कोशी प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थान तथा  मधेस प्रदेशका साथै गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij