काठमाडौँ । सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ। अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरिएको हो।
अर्थ मन्त्रालयबाट निमित्त भन्सार बिभाग प्रमुख श्याम भण्डारी र आन्तरिक राजश्व विभागका निमित्त महानिर्देशक रमेश अर्याल बाहिरिएका छन् । त्यसैगरी यामलाल भुसाल, प्रेम प्रसाद आचार्य र भीष्म कुमार भुसाल अर्थ मन्त्रालयमा भित्रिएका छन् ।
