महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियालाई, इङ्ग्ल्यान्ड ७ विकेटले पराजित

महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियालाई, इङ्ग्ल्यान्ड ७ विकेटले पराजित

सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियालाई, इङ्ग्ल्यान्ड ७ विकेटले पराजित

    काठमाडौं । इङ्ग्ल्यान्डलाई पराजित गर्दै महिला टी–२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। आइतबारराती लर्ड्स क्रिकेट मैदानमा भएको फाइनलमा अष्ट्रेलियाले घरेलु टोली इङ्ग्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै सातौँ महिला टी–२० विश्वकपको उपाधि उचालेको हो । 

    महिला क्रिकेटमा १४औँ विश्वकप उपाधि आफ्नो नाममा लेखाउने क्रममा १५१ रनको लक्ष्य अष्ट्रेलियाले १७।१ ओभरमै ३ विकेट गुमाएर भेट्यो । अष्ट्रेलियाको जितमा बेथ मुनी फेरि एकपटक चम्किइन्। उनले ४९ बलमा १० चौकासहित ६४ रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई सहज जित दिलाइन्। 

    उनले यसअघि २०२० र २०२३ को फाइनलमा पनि अर्धशतक प्रहार गरेकी थिइन्। लगातार ६ खेल जित्दै फाइनल पुगेको इङ्ग्ल्यान्ड अष्ट्रेलियाको उत्कृष्ट अलराउन्ड प्रदर्शनअगाडि निरीह बनेको थियो। टस जितेर पहिले फिल्डिङ रोजेको अष्ट्रेलियाले सुरुदेखि नै कसिलो बलिङ गर्दै इङ्ग्ल्यान्डको बलियो ब्याटिङ लाइनअपलाई दबाबमा राख्यो। 

    इङ्ग्ल्यान्डका लागि कप्तान न्याट साइभर–ब्रन्टले ५३ बलमा ५८ रनको संघर्षपूर्ण इनिङ्स खेल्दै टोलीलाई सम्हाल्ने प्रयास गरिन्। पिँडुलाको चोटका कारण समूह चरणका तीन खेल गुमाएकी उनले सेमिफाइनलपछि फाइनलमा पनि उत्कृष्ट प्रदर्शन दोहोर्याइन्। 

    एलिस क्याप्सीले २३ रन बनाइन् भने फ्रेया केम्पले २८ बलमा ४४ रनको अविजित इनिङ्स खेलिन । इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो।
    अष्ट्रेलियाका लागि किम गर्थ, लुसी ह्यामिल्टन, एनाबेल सदरल्याण्ड र सोफी मोलिनक्सले समान १–१ विकेट लिए।


    अष्ट्रेलियाकी लिचफिल्डले ३५ बलमा ६ चौका र २ छक्कासहित ४८ रन बनाइन् भने मुनीले ६४ रनको इनिङ्स खेलिन् । त्यसपछि चार्ली डिनले लिचफिल्डलाई बोल्ड गरिन् भने सोफी एक्लेस्टोनले मुनीलाई एलबीडब्लु आउट गरिन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij