भरतपुरका  २९ विषयगत सहकारी संस्था खारेज

भरतपुरका  २९ विषयगत सहकारी संस्था खारेज

बिहिवार, आषाढ ४ २०८३
बिहिवार, आषाढ ४ २०८३
  • भरतपुरका  २९ विषयगत सहकारी संस्था खारेज

    चितवन । भरतपुर महानगरपालिकाले  २९ वटा  विषयगत  सहकारीसंस्था  खारेज गरेको छ । प्रायः सबै निष्किृय कृषि, दुग्ध र मौरी पालनसम्बन्धी २९  विषयगत सहकारी संस्था खारेज गरिएको हो ।   

    भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रोजी केसीले  नियमित रुपमा सहकारी विभागको अनलाइन सफ्टवेयरमा विवरण पेश नगर्ने, लेखा परिक्षण नगर्ने र साधारणसभा नगर्ने सहकारीहरु खारेज गरिएको जानकारी दिए ।
      
    महानगरभित्र कूल ३६३ सहकारी संस्था रहेकोमा उक्त  सहकारी संस्थाको खारेज पछि अब यहाँ ३३४ सहकारी संस्था रहेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij