खोलामा डुबेर किशोरीको मृत्यु

खोलामा डुबेर किशोरीको मृत्यु

बिहिवार, आषाढ ४ २०८३
बिहिवार, आषाढ ४ २०८३
  • खोलामा डुबेर किशोरीको मृत्यु

    उदयपुर (गाईघाट) । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–९ देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा एक १४ वर्षीया किशोरीको डुबेर मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार चौनपा–९ देवधारकी आयुसा सदाको देवधार खोलाको दहमा डुबेर मृत्यु भएको हो ।

    शवलाई बुधबार रातिनै परीक्षणका लागि उदयपुर जिल्ला अस्पतालमा ल्याएर शवगृहमा राखिएको प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले राससलाई जानकारी दिएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij