बैतडीमा एक महिनामै तीन निर्वाचन प्रहरीको मृत्यु

बैतडीमा एक महिनामै तीन निर्वाचन प्रहरीको मृत्यु

मंगलवार, फाल्गुण १२ २०८२
मंगलवार, फाल्गुण १२ २०८२
  • बैतडीमा एक महिनामै तीन निर्वाचन प्रहरीको मृत्यु

    बैतडी । बैतडीमा अर्का एक निर्वाचन प्रहरीको पनि मृत्यु भएको छ । सोमबार निर्वाचन प्रहरी मेलौली नगरपालिका–६, बैतडीका ३८ वर्षीय राजेन्द्र प्रसाद भट्टको मृत्यु भएको हो । 

    यससँगै बैतडीमा एक महिनामै मृत्यु हुने निर्वाचन प्रहरीको संख्या तीन पुगेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भट्ट इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत थिए । सोमबार साँझ ड्युटी सकेर घर फर्किएका उनी घरमै एक्कासी बेहोस भएर ढलेका थिए ।

     उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याउँदा डाक्टरले मध्यराति १२ बजेर ५ मिनेटमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बैतडीमा यसअघि दुई निर्वाचन प्रहरीको मृत्यु भएको थियो । 

    फागुन ८ गते दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको थियो । उनी पनि घरमै अचेत भएर ढलेका थिए । त्यसैगरी गत माघ २० गते दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्दको तालिम सकेर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij