कैलालीमा अध्यागमनको काम रोकिएपछि अर्को नाका प्रयोग गर्दै यात्रु

कैलालीमा अध्यागमनको काम रोकिएपछि अर्को नाका प्रयोग गर्दै यात्रु

शुक्रवार, पौष ११ २०८२
शुक्रवार, पौष ११ २०८२
  • कैलालीमा अध्यागमनको काम रोकिएपछि अर्को नाका प्रयोग गर्दै यात्रु
    सुदूरपश्चिम । कैलालीको धनगढीस्थित अध्यागमन कार्यालयमा प्रक्रिया पु¥याएर आएका तेस्रो मुलुकका यात्रुको आवागमन एक वर्षदेखि रोकिएको छ । गौरीफन्टा नाका हुँदै आवागमन गर्ने तेस्रो मुलुकका नागरिकलाई आवागनमा सीमापारी भारतीय पक्षले रोक लगाएसँगै कार्यालयको काम पनि रोकिएको हो ।
     
    कार्यालयका सूचना अधिकारी शान्ति बुढाले भने, “गौरीफन्टास्थित भारतीय अधिकारीले आफूहरूसँग साधनस्रोत नभएको भनेर गत वर्ष जनवरी(पुस)देखि तेस्रो मुलुकका यात्रुको आवागमनको काम रोकेको छ । उक्त काम रोक्दा गौरीफन्टा पुग्ने पाहुनाले गन्तव्यतर्फ जान नपाएर समस्या भइरहेको छ ।”
     
    उनका अनुसार यहाँस्थित अध्यागमन कार्यालयले अध्यागमनसम्बन्धी व्यवस्थापन तथा सेवा प्रवाहलाई यथावत् राखे पनि सीमापारी पुग्ने यात्रुलाई आवागमन गर्न दिइएको छैन । आवागमनका लागि गौरीफन्टा नाका प्रयोग गर्न नपाएपछि यात्रुले कञ्चनपुरको गड्डाचौकी सीमानाका प्रयोग गर्न थालेका उनले जानकारी दिए ।  
      
    गौरीफन्टामा आवागमन रोकिँदा कैलाली अध्यागमन कार्यालयको राजस्व सङ्कलन पनि प्रभावित भएको सूचना अधिकारी बुढाले बताए । साथै यो नाका प्रयोग गर्दै आएका यात्रुलाई अन्य नाका प्रयोग गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । उनका अनुसार कार्यालयले विदेशी नागरिकको भिसाको म्याद थपिदिने, वैवाहिक भिसा दिनेलगायत सेवा उपलब्ध गराउँदै आएको छ ।  
     
    “कार्यालयको सन् २०२४ को वार्षिक तथ्याङ्कका अनुसार यो नाका हुँदै तेस्रो मुलुकका ३० नागरिक भित्रिएकामा ३२ नागरिक बाहिरिएका थिए । त्यसपछि भने काम रोखिएको छ”, सूचना अधिकारी बुढाले भने । अध्यागमन व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी रहेको अध्यागमन विभागअन्तर्गत प्रवेश तथा प्रस्थान विन्दुमा अध्यागमन कार्यालय सञ्चालनमा छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij