भक्तपुर । इन्द्र बक्स गणमा भूतपूर्व सैनिक सम्मेलन २०८० सम्पन्न भएको छ । आइतबार भक्तपुर जिल्लाको सूर्यविनायकमा रहेको नेपाली सेनाको इन्द्र बक्स गणमा नेपाली सेनाका कार्यरथी, उपरथी दीपक कुमार बानियाँको उपस्थितिमा उक्त सम्मेलन सम्पन्न भएको हो ।

नृत्य, गीत लगायतका विभिन्न सांस्कृतिक प्रस्तुति उक्त कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

शारिरिक रुपमा अपाङ्ग तथा अशक्त रहेका सेनाका अवकाश प्राप्त तथा तीनका परिवारका सदस्य तीन जनालाई व्हीलचेयर प्रदान गरिएको श्री इन्द्रबक्स गण सूर्यविनायक गणपति प्रमुख सेनानी मोहन कुमार थापाले जानकारी दिए । व्हीलचेयर प्राप्त गर्नेमा टंक बहादुर श्रेष्ठ, बिनोद भुजेल र छोराकालागि लक्ष्मी प्रसाद पौडेल छन् ।

भूपू सैनिक सम्मेलनमा अतिथिको रुपमा सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापा, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठ, भक्तपुर प्रहरीका प्रमुख वेद विष्ट, सेनाका अवकाश प्राप्त वरिष्ठ अधिकृतहरु, सेनाका अवकाश प्राप्त विभिन्न दर्जाका व्यक्तिहरु तथा परिवारका सदस्यसहित करिब तीन हजारकाे उपस्थिति रहेको थियो ।
