महोत्तरीमा ४० हजार गाँजाको बिरुवा नष्ट गरियो

महोत्तरीमा ४० हजार गाँजाको बिरुवा नष्ट गरियो

शुक्रवार, पौष १३ २०८०
शुक्रवार, पौष १३ २०८०
  • महोत्तरीमा ४० हजार गाँजाको बिरुवा नष्ट गरियो

    जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको टोलीले करिब चार बिगाहा क्षेत्रफलकाती बिरुवा फँडानी गरेको हो।

    बहेडाको वनमा लुकाएर गाँजाखेती गरिएको भन्ने सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो। कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले २५ जनाको प्रहरी टोली खटिएर गाँजा उखेलेको बताए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij