उपप्रमुखको कडा असन्तुष्टिपछि चाँगुनारायण कार्यपालिका बैठक स्थगित (भिडियोसहित)

उपप्रमुखको कडा असन्तुष्टिपछि चाँगुनारायण कार्यपालिका बैठक स्थगित (भिडियोसहित)

सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • उपप्रमुखको कडा असन्तुष्टिपछि चाँगुनारायण कार्यपालिका बैठक स्थगित (भिडियोसहित)

    भक्तपुर । चाँगुनारायण नगरपालिकामा आयोजित ‘अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन’ विषयक कार्यक्रममा उपप्रमुख रमेश बुढाथोकीको तीव्र असन्तुष्टिपछि कार्यपालिका बैठक नै स्थगित गरिएको छ ।

    शिक्षा विकास तथा समन्वय इकाई, भक्तपुरको आयोजनामा भएको उक्त कार्यक्रममा उपप्रमुख बुढाथोकीले शिक्षा शाखाको कामप्रति गम्भीर आपत्ति जनाउँदै भने, “शाखाले शिक्षा होइन, अशिक्षा फैलाइरहेको छ ।” उनले शाखाको कार्यशैलीलाई “भद्रगोल” भन्दै तत्काल सुधार नभए तालाबन्दीको चेतावनीसमेत दिए ।

    कार्यक्रम कार्यपालिका बैठकको समयमै राखिएकोप्रति उनले आक्रोश व्यक्त गरे र प्रश्न उठाए, “कार्यपालिका बैठककै समयमा शिक्षा सम्बन्धी कार्यक्रम किन राखिएको ?” उनले एक कार्यक्रममा ७३ हजार रुपैयाँसम्म भत्ता वितरण गरिएको उदाहरण दिँदै त्यसप्रति पनि असन्तुष्टि प्रकट गरे ।

    उपप्रमुखले आफ्नो भनाइ राखेपछि कार्यक्रम स्थल छाडेका थिए, जसपछिको वातावरण तनावपूर्ण बनेको थियो । कार्यक्रममा सहभागी अन्य वक्ताहरूले बुढाथोकीका प्रश्नहरूको जवाफ दिन चाहेनन् । स्थिति यति बिथोलियो कि कार्यपालिका बैठक नै बस्न सकेन। वडा नं २ का अध्यक्ष सोमप्रसाद प्रधानले अनौपचारिक रूपमा बैठक स्थगित भएको जानकारी दिए ।

    कार्यक्रमको सभापतित्व गरिरहेका नगरप्रमुख जीवन खत्रीले भने, “अनिवार्य तथा निशुल्क शिक्षा चाँगुनारायणमा लागू गरेरै छाडिन्छ,” भन्ने प्रतिवद्धता व्यक्त गरे, जसमा उपस्थितले ताली समेत बजाएका थिए । प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले संयमतापूर्वक स्वागत मन्तव्य दिएका थिए ।

    कार्यक्रमकी प्रमुख वक्ता तथा आयोजक संस्थाकी प्रमुख कमला ज्ञवालीले हालको शिक्षा प्रणाली व्यवहारिक नभएको बताउँदै व्यवहारिक शिक्षाको खाँचो रहेको धारणा राखिन् ।

    यद्यपि, ‘अन्तरक्रिया’ शीर्षकमा कार्यक्रम आयोजना गरिएको भए पनि सो कार्यक्रममा सहभागी सरोकारवालाबीच अन्तरक्रिया हुन सकेन र कार्यक्रम एकतर्फी मन्तव्यमा मात्र सीमित रह्यो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij